गत आ.व. २०८२।०८३ को बार्षिक प्रगती विवरण सारांश

प्रगती विवरण २०८२।०८३

वार्षिक प्रगति प्रतिवेदन

आर्थिक वर्षको अन्त्यसम्म संघ शसर्त अनुदान तथा प्रदेश सरकारबाट सञ्चालित कार्यक्रमहरूको समग्र प्रगति सन्तोषजनक रहेको छ।

संघतर्फ (पुँजीगत) तर्फ रु. १३ लाख वार्षिक बजेटमध्ये रु. १०.५१ लाख खर्च भई ८०.८४ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। यस कार्यक्रमको भौतिक प्रगति ८४ प्रतिशत रहेको छ।

प्रदेशतर्फ चालु तथा पुँजीगत कार्यक्रमअन्तर्गत:

चालुतर्फ रु. १ करोड ९४ लाख ७४ हजार वार्षिक बजेटमध्ये रु. १ करोड ५७ लाख ६२ हजार खर्च भई ८०.९३ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ।

पुँजीगततर्फ रु. २० करोड ९२ लाख ५० हजार वार्षिक बजेटमध्ये रु. २० करोड ९२ लाख ११ हजार खर्च भई ९९.९८ प्रतिशत वित्तीय प्रगति तथा १०० प्रतिशत भौतिक प्रगति हासिल भएको छ।

प्रदेशतर्फ समग्रमा रु. २२ करोड ८७ लाख २४ हजार वार्षिक बजेटमध्ये रु. २२ करोड ४९ लाख ७३ हजार खर्च भई ९८.३६ प्रतिशत वित्तीय प्रगति तथा १०० प्रतिशत भौतिक प्रगति प्राप्त भएको छ।

संघ र प्रदेश दुवैतर्फका कार्यक्रमहरू समेट्दा, कुल रु. २३ करोड २४ लाख वार्षिक बजेटमध्ये रु. २२ करोड ६० लाख २४ हजार खर्च भएको छ। यसअनुसार ९८.२६ प्रतिशत वित्तीय प्रगति तथा १०० प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

बार्षिक प्रगती