खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पाँचथर दूरदृष्टि (Vision) र लक्ष्य (Goals) १. दूरदृष्टि (Vision) पाँचथर तथा ताप्लेजुङ जिल्लाका सम्पूर्ण नागरिकलाई स्वच्छ, सुरक्षित, गुणस्तरीय, सर्वसुलभ तथा दिगो खानेपानी र सरसफाइ सेवामा पहुँच सुनिश्चित गर्दै स्वस्थ, स्वच्छ र सभ्य समाजको निर्माणमा योगदान पुर्याउने। २. लक्ष्य (Goals) कार्यक्षेत्रभित्रका सबै नागरिकको स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खानेपानीमा पहुँच अभिवृद्धि गर्ने। खानेपानी तथा सरसफाइसम्बन्धी आवश्यक पूर्वाधारको विकास, विस्तार, स्तरोन्नति तथा पुनर्निर्माण गर्ने। खानेपानीको गुणस्तर कायम राख्दै दूषित पानीबाट सर्ने रोग तथा महामारीको जोखिम न्यूनीकरण गर्ने। सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतना अभिवृद्धि गरी स्वस्थ व्यवहार र वातावरणमैत्री अभ्यासको प्रवर्द्धन गर्ने। निर्माणाधीन तथा सम्पन्न खानेपानी र सरसफाइ आयोजनाको गुणस्तर, प्रभावकारिता र दिगोपना सुनिश्चित गर्ने। उपभोक्ता समितिको संस्थागत क्षमता विकास गरी खानेपानी आयोजनाको सञ्चालन, व्यवस्थापन तथा नियमित मर्मतसम्भारलाई प्रभावकारी बनाउने। स्थानीय तह, उपभोक्ता समिति तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग गर्ने। मन्त्रालयबाट स्वीकृत नीति, आवधिक योजना तथा वार्षिक कार्यक्रमअनुसार प्राथमिकताका आधारमा खानेपानी तथा सरसफाइका आयोजना कार्यान्वयन गर्ने। नागरिकको स्वास्थ्य, जीवनस्तर तथा समग्र सामाजिक र आर्थिक विकासमा योगदान पुर्याउने। ३. उद्देश्य (Objectives) खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पाँचथरको उद्देश्य आफ्नो कार्यक्षेत्रभित्रका नागरिकलाई आधारभूत आवश्यकताका रूपमा रहेको स्वच्छ, सुरक्षित तथा गुणस्तरीय खानेपानी र सरसफाइ सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक पूर्वाधारको विकास तथा विस्तार गर्नु हो। साथै, खानेपानी तथा सरसफाइसम्बन्धी आयोजना प्रभावकारी, गुणस्तरीय र दिगो रूपमा कार्यान्वयन गर्दै नागरिकको स्वास्थ्य, स्वच्छता र जीवनस्तरमा सुधार ल्याउनु तथा सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु यस कार्यालयको प्रमुख उद्देश्य रहेको छ।